मकवानपुरबाट लागुऔषध नाईट्रोभेट सहित निजगढका दुई जना पक्राउ

मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध नाईट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर १३ बस्ने १९ बर्षय सुवास गोले र सोही ठाउँ सोही उमेरको सरोज थिङ रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
दासका अनुसार उनीहरुको साथबाट १ हजार १ सय २५ ट्याब्लेट लागुऔषध नाईट्रोभेट फेला परेको हो ।
प्रहरीले बिषेश सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौँडा १० मा रहेको गण्डकी गेष्ट हाउस रेष्टुरेन्टबाट थिङ र गोले द्वयलाई पक्राउ गरीएको हो ।
उक्त फेला परेको लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय