रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले राजीनामा दिए

काठमाडौं: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।
उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।
अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
हेर्नुहोस् राजीनामा पत्र


 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय