गाँजा खुला गर्नुपर्छ भन्दै अभियान चलाउने काफ्लेसहित ३ पक्राउ

काठमाडौं । गाँजालाई खुला गर्नुपर्छ भन्दै अभियान चलाउने राजीव काफ्ले पक्राउ परेका छन् ।
बूढानीलकण्ठको हिपीहिल रेष्टुरेन्टका सञ्चालक समेत रहेका काफ्लेलाई लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले पक्राउ गरेको हो ।
उनको रेष्टुरेन्टमा गाँजा कारोबार हुने गरेको सूचनाका आधारमा पक्राउ गरिएको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । उनीसहित रेष्टुरेन्टका दुई कर्मचारी पनि पक्राउ परेका छन् ।
पक्राउ परेका तीन जनामाथि लागूऔषध सम्बन्धी ऐन अनुसार म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय