म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं- इङ्गलिस काराबाओ कपमा साविक विजेता म्यानचेस्टर सिटीले वाइकम्बमाथि फराकिलो जित निकालेको छ ।
मङ्गलबार राति भएको खेलमा सिटीले घरेलु मैदानमा ६–१ गोलान्तरको जित दर्ता गरेको हो ।

सिटीको जितमा रियाद महरेजले दुई गोल गरे भने केभिन डी ब्रुयन, फिल फोडेन, फरान टोरेस र कोले पाल्मेरले एक–एक गोल गरे ।
वाइकम्बका ब्रान्डन हान्लानले एक गोल गरे ।
सिटीले पहिलो हाफमा ३–१ गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा तीन गोल थपेको थियो ।
जितसँगै सिटी काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।
वाइकम्ब भने बाहिरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय