चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो पौने १ बजे खैरहनी नगरपालिका वडा नम्बर १३ कुमरोज सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो।
घाँस-दाउरा लिन जानेक्रममा सोही ठाउँका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सो खबर पाएपछि आठ वटा हात्तीसहित प्रहरी र सेनाको टोली खटिएको थियो। खोज्ने क्रममा साढे २ बजे उनको शव फेला परेको थियो।
आक्रमण गरेको स्थानभन्दा एक सय मिटर टाढा झाडीमा शव फेला परेको छ।
 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय