बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाने भएका छन्।
आज बिहान धनगढी पुगेर त्यहाँबाट हेलिकप्टरमार्फत् डडेल्धुरा, डोटीलगायत क्षेत्रको निरीक्षणमा जाने कार्यक्रम छ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्रीसहित टोली बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जान लागेको जानकारी दिए।
प्रधानमन्त्री देउवा हेलिकप्टरमार्फत् सुदूरपश्चिम जान लागेका हुन्।
प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम नै बस्ने कार्यक्रम छ। बाढी, पहिरो र डुवान क्षेत्रको निरीक्षण गरेपछि प्रधानमन्त्रीसहितको टोली शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ।
गत शनिबारदेखि परेको पानीले सुदूरपश्चिम क्षेत्रमा जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोमा परेर देशका विभिन्न भागमा ७७ जनाको मृत्यु भएको छ।
सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख आर्थिक सहयोग उपलब्ध गराउने र घरबारबिहीन भएकालाई तत्काल सेल्टर बनाउन ५० हजार र खाद्यान्नलगायत जोहो गर्न २० हजारसम्म नगद उपलब्ध गराउने निर्णय गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय