करेन्ट लागेर नगर सचिवको मृत्यु

हेटौंडा । नेकपा(एकिकृत समाजवादी)का हेटौंडा नगर सचिव २८ वर्षीय गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमवार दिउँसो हेटौंडा वडा नं.१७ राजदेबी स्थित भित्रि सडक खण्डमा आफ्नै घर अगाडी बाटो बिस्तार गर्ने क्रममा जेसिबिको बकेटमा बसेर बिजुलिको तार पन्छाउँने क्रममा एघार हजार भोल्टेजको तार छुन पुग्दा करेन्ट लागेर उनको निधन भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर अधिकारी गम्भीर घाइते भएको र उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय