रामेछापमा आज ५१ जना कोरोना संक्रमण मुक्त

पुष्कर खड्का, रामेछाप । बिहीबार रामेछाप जिल्लामा थप ५१ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार बिहीबार मन्थली नगरपालिकाबाट १०, रामेछाप नगरपालिकाबाट ११, उमाकुण्ड गाउँपालिकाबाट ४, खाँडादेवी गाउँपालिकाबाट ६, गोकुलगंगा गाउँपालिकाबाट ९, दोरम्बा सैलुङ गाउँपालिकाबाट २, लिखुतामाकोसी गाउँपालिकाबाट १ र सुनापति गाउँपालिकाबाट ८ जना गरी ५१ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ सय ५ जना पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय