हेटौंडामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौडा–१ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरे रहेका छन् ।

सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग१ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घिमिरेको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय