रामेछापको सबै स्थानीय तहमा एमालेको जित पक्का : कैलाश ढुंगेल

पुष्कर खड्का, रामेछाप । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निमार्वचनमा रामेछापको आठ ओटै स्थानीय तहमा एमालेले जित्ने नेकपा एमालेका केन्द्रीय सदस्य कैलास प्रसाद ढुंगेलले दाबी गरे ।

शनिबार रामेछाप सदरमुकाम मन्थलीमा भएको प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै एमाले रामेछापका जिल्ला इन्चार्ज र बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका नेता ढुंगेलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा पार्टीले चुनाव जित्ने दावी गरे ।

उनले भने, “आफु बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहदा रामेछापमा विकासको लहर छाएको र पुन : अब रामेछापका आठ वटै स्थानीय र ६४ वटामै वडामा निर्वाचन जित्ने बताए ।”

स्थानीय तहको निर्वाचनमा जिल्लाका सवै पालिकामा एमालेको जित हुनेगरी विशेष योजनाका साथ १३ हजार भन्दा बढी नेता कार्यकर्ता परिचालन गर्ने र बाँकी रहेको विकास निर्माणको काम पुरा गर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय