निजगढमा एमसीसी विरोध राप्रपाको मशाल जुलुस प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ।

राप्रपा निजगढ नगर कमिटीले शनिबार साझ निजगढ ७ स्थित शहिद चोकबाट सुरु गरेको मशाल जुलुस प्रदर्शन निजगढ बजार परिक्रमा गरी पुन: शहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरूले क्रममा एमसीसी राष्ट्रघाती रहेको भन्दै ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’, गणतन्त्र मुर्दाबाद राजतन्त्र जिन्दाबाद, राजा ल्याऊ देश बचाऊ भन्दै नाराबाजी गरेका थिए । राप्रपाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिँदै आएको छ ।

उनीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। एमसीसी नेपालको हितमा नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको हो।

शहिद चोक परिक्रमा गरि कोण सभामा परिणत भएको उक्त जुलुसलाई राप्रपा निजगढ नगर कमिटीका अध्यक्ष खड्ग प्रसाद उप्रतीले सम्बोधन गरेका छन् । सम्बोधनमा अध्यक्ष उप्रतीले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्वीकार्न नहुने बताए । उनले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिए पनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए ।

पछिल्लो समय विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय