हेटौंडाको उपमेयरमा जसपाका नेता खतिवडाको दाबी

हेटौंडा । पाँचदलिय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा दावी गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीका नेता हरिहर खतिवडाले दावी गरेका हुन् ।

हेटौंडा उपमहानगरमा जित र हारको निर्णायक मत आफुहरुसंग भएकोले गठबन्धनमा जसपाबाट उपमेयरमा जसपाबाट आफ्नो दाबी रहेको नेता खतिवडाले बताए ।

खतिवडा जसपा मकवानपुरको युवा नेतासंगै समाजवादी युवा संघ बागमती प्रदेश सचिव, समाजवादी ट्रेड युनियन महासंघको केन्द्रिय सदस्यसाथै समाजवादी औद्योगिक श्रमिक संघको केन्द्रिय उपाध्यक्ष समेत हुन् ।

विभिन्न सामाजिक संस्थाहरुमा संलग्न रहेका खतिवडाले आफु जनप्रतिनिधि भएर जनताको सेवा गर्ने चहाना ब्यक्त गरे । सोही बमोजिम हेटौंडालाई सामाजिक, सांस्कृतीक, प्राकृतीक र आर्थिक क्षेत्रको विकास गरि राष्ट्रकै नमुना नगरको रुपमा स्थापित गर्ने उनको लक्ष्य रहेको छ ।

नगरवासीहरुलाई निःशुल्क उच्च माध्यमिक तहसम्मको शिक्षा, गुणस्तरिय स्वास्थ्य, सामाजिक सुरक्षा, सञ्चार सुविधा, विजुली, पानी लगायत सुविधा निःशुल्क उपलब्ध गराउने उनले योजना बनाएका छन् ।

त्यस्तै हेटौंडाको औद्योगिक नगरलाइ लक्षित गरी बन्द भएका उद्योगहरु पुनः संचालनमा ल्याएर युवाहरुको विद्यमान बेरोजगारीको समस्यलाई न्युनिकरण गरी उद्यमशिलतामा जोड दिने साथै एतिहासिक तथा धार्मिक पृष्ठभुमि भएको यस नगरलाई पुर्वाधारको विकास पर्यटकको विकास गर्दै सुचना प्रविधिमैत्री सहर बनाउने उनको योजना छ ।

माथि उल्लेखित सम्पुर्ण योजना पुरा गर्न सक्ने इच्छा शक्ति र क्षमता आफुमा रहेको उनको भनाइ छ । गठबन्धनको मर्म बर्तमान राजनैतिक परिस्थिती जिल्लामा पार्टी संगठनको अवस्था सबैको विश्लेषण गरि उपमेयरमा दावी गरेको उनी बताउँछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय