काठमाडौंमा बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरी पक्राउ पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप बिष्टलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् । काँडाघारी प्रभागले शुक्रबार विष्टलाई लैनचौर वृत्तमा बुझाएको थियाे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय