एसइई नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने भएको छ ।

असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तीव्रताका साथ आवश्यक काम गरिरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको हो ।

बोर्डले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको र कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय