राजनीति होइन जनताको सेवा गर्न आउँछ : डा. राकेश न्यौपाने

बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका डा. राकेश न्यौपानेले आफूलाई राजनीति होइन जनताको सेवा गर्न आउने बताएका छन् ।

हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका डा. न्यौपाने जनताको सेवा गर्न आफू प्रतिस्पर्धामा उत्रिएको बताएका उनले राजनीतिक दलका व्यवहारबाट जनता मारमा परेको आरोप लगाए ।

जनताका शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गराउन र आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

राजनीतिक दलका नेताले राजनीतिलाई व्यवसाय बनाउँदा जनता महंगीसहितको मारमा परेको भन्दै उनले जनताको सेवाका लागि आफू राजनीतिमा आएको बताए । ‘मलाई राजनीतिक गर्न आउँदैन, तर जनताको सेवा गर्न र सुविधा उपलब्ध गराउन आउँछ,’ उनले भने, ‘यसका लागि आवश्यक कानुन बनाउन प्रतिनिधिसभामा जान लागेको छु । यसमा जनताको साथ चाहिन्छ । मलाई मत दिनुहुन्छ भन्ने विश्वास लागेको छ ।’

देशभर एकैपटक आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय