भाजपा नेता नन्दकिशोर :नेपाल  र भारतको सम्बन्ध अझै बलियो बनाउँन जोड

काठमाडौं ।भारतीय जनता पार्टी (भाजपा)का नेता नन्दकिशोर यादवले नेपाल–भारतको सम्बन्धन अझै प्रगाढ बनाउँदै अगाडी बढनुपर्ने बताएका छन् ।

विश्व सिंधी सेवा संगम (भिएसएसएस) नेपाल शाखाले  काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा नेता यादवले नेपाल र भारत बीचको सम्बन्ध हजारौं बर्ष पुरानो रहेको बताए ।

नेपाल र भारत दुई फरक देश मात्रै रहेको बताउँदै उनले अरु सबै कुरा सम्मान रहेको बताए । नेपाल र भारतको बीचमा ‘रोटी र बेटी’को सम्बन्धन रहेको र सो सम्बन्ध अब बिकास र समृद्धिको माध्यमबाट अझै मजबुत बनाउँने बताए ।

‘जसरी सीता विना राम अधुरो हुने हुन ठिक त्यसैगरी नेपाल विना भारत अधुरो हुने हो । रामलाई भगवान भनेर हामीले पुजा गर्छौ तर तपाई सोच्नुस् त सीता नभएको भए के राम भगवान हुन्थे त ? त्यसैले जनकपुरधाम र अयोध्याले हामीलाई जोडेको छ’ भाजपा नेता यादवले भने, ‘लुम्बिनीमा जन्मेका सिद्धार्थ ज्ञान प्राप्त गरेपछि गौतम बुद्ध भए । हाम्रो सम्बन्ध अहिलेको होईन्, हजारौं बर्ष पुरानो हो, यसलाई हामीले थप बलियो बनाउँनुपर्छ ।’

 

भाजपा बिहार प्रदेशका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री समेत रहेका नेता यादवले यूपी, बिहारका सर्वसधारणका बीचमा पुग्दा उनीहरु आफ्नो बिहेवारी नेपालमा भएको खुशी साथ बताउँने गरेको बताए ।

आफू बिहारको मन्त्री हुँदा नेपालको सीमासम्म जोडने बिभिन्न रोडहरु दुई लेनको निर्माण सुरु गरेको बताउँदै उनले केही सम्पन्न भएको र केही सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताए । यातायातको सहज र सबैको पहुचका लागि सडक कालोपत्रे निर्माण गरिने काम भएको बताउँदै यस्ता बिभिन्न योजनाले दुबै देशका नागरिकहरुले सेवा पाउँने उनले विश्वास व्यक्त गरे ।

‘नेपाल र भारतका दुबै देशका नागरिकको शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका विभिन्न क्षेत्रमा कसरी सहज र सरल रुपमा पहुँच पुग्छ त्यस बिषयमा हामी सचेत छौं’ उनले भने, ‘हामीले आउँने दिनमा दुबै देशका नागरिकले सबै सेवा सुविधा पाउँन भन्ने बारेमा गम्भिर रुपमा समिक्षा गर्दै बिकास तथा समृद्धिको क्षेत्रमा अझै बढी काम गर्नुपर्ने हुन्छ ।’

कार्यक्रममा नेपालका लागि भारतीय राजदुतावासका प्रथम सचिव नविन कुमारले नेपालको शिक्षा, स्वास्थ्य, यातायात लगायतका बिभिन्न क्षेत्रमा भारतको सहयोग रहेको बताउँदै दुबै देशका नागरिकहरुको सम्बन्ध थप बलियो बनाउँन अझै बिभिन्न कार्यक्रमहरु गर्नुपर्ने बताए ।
विश्व सिंधी सेवा संगम (भिएसएसएस) नेपाल शाखाका अध्यक्ष राजकुमार सिंधीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न क्षेत्रमा विशिष्ट सेवा एवं योगदान गरेका व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय