‘ए साथी सुन’ फिल्म सार्वजनिक,सुरुकै दिन दर्शकको राम्रो उपस्थिती

काठमाडौँ । आज (शुक्रवार) जेठ ५ बाट ‘ए साथी सुन’को फिल्म सार्वजनिक प्रदर्शनमा आएको छ । जातिय विभेदमा आधारीत फिल्म राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको हो । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, दीर्घ खड्का र मिराज अर्यालको सम्पादन, राजेन्द्र मोक्तान रहेका छन् ।

सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रहेको रोमान्टिक गीतमा अन्जु पन्त र किरण भुजेलको युगल स्वर समावेश गरिएको फिल्म यही जेठ ५ देखि लागेको हो ।

उक्त फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षा सिवाकोटीसँग रोमान्टिक अवतारमा देखिएका छन् । लभस्टोरी, थ्रिलर तथा जनरामा निर्माण भएको फिल्ममा आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायत अभिनय देख्न सकिन्छ ।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता बीना कार्की र सन्तोषकुमार राई हुन्, भने सह–निर्मातामा टायम कट्टेल रहेका छन् । फिल्मलाई वितरण आरआर फिल्म्सले गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय