अखिल क्रान्तिकारीले लगाएको ताला खुल्न नसक्दा  स्थानीयले थपे अर्को ताला

चितवन ।  माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ताला लगाएको एक महिना पुग्यो । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विभिन्न माग राखेर विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका निकायमा विद्यार्थीहरूले लगाएको ताला नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाइमा जेठ १२ गतेदेखि विश्वविद्यालयमा अर्को ताला थपिएको छ ।

विभिन्न १२ बुँदे माग राखेर आन्दोलन गरेका उनीहरुले विश्वविद्यालको केन्द्रीय कार्यालयको मूल गेटमा नै ताला लगाएका छन् भने विश्वविद्यालयका पदाधिकारीहरुका सवारी साधनलाई कार्यालय चल्न नदिई भित्रै राखेका छन् ।

विश्वविद्यालको केन्द्रीय कार्यालय, संकाय बन्द गरिए पनि परीक्षा नियन्त्रण कार्यालय भने खुला नै थियो । विद्यार्थीहरुको परीक्षा र पढाइ सम्वन्धी कामकाज रोक्न नहुने भन्दै आन्दोलनकारीहरूले परीक्षा नियन्त्रण कार्यालय भने खोल्न दिएका थिए ।

अखिल क्रान्तिकारीले ताला लगाएको ठिक १ महिनापछि स्थानीयले विश्वविद्यालयमा अर्को ताला थपे । योसहित विश्वविद्यालयमा तालाबन्दीको संख्या ३ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय