विश्व निकेतनले बुझ्यो प्रवलिकरणयुक्त २४ कोठे भवन

काठमाडौँ । विगत लामो समयदेखि निर्माणाधिन प्रवलिकरणयुक्त २४ कोठे भवन विश्वनिकेत मा.वि.लाई हस्तान्तरण गरिएको छ । विश्वनिकेतन माविको २४ कोठे चार तल्ले नरमान स्मिृती भवन सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

उक्त भवन प्राप्त पश्चात् सवै कक्षा कोठा प्रविधि मैत्री, बाल मैत्री र शिक्षण सिकाई क्रियाकलापका लागि पुर्ण रुपमा योग्य भएको विश्व निकेतनका प्रध्यानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिए ।

साथै विगत केहि समय देखि विद्यार्थीको चाप आनुसार व्यवस्थित रुपमा काक्षाकोठा व्यवस्थापन गर्न अब सहज भएको बताए ।

आयोजित भवन हस्तान्तर कार्यक्रममा शिक्षा विकाश तथा समन्वय इकाई काठमाडौँका प्रमुख नन्दलाल पौडेलको उपस्थिती रहेको थियो ।

भने अतिथि हरुमा कामपा वडा ११ का अध्यक्ष हिरालाल तण्डुकार, गोपालस श्रेष्ठ, पे्रक्षा सिंह, सागर पौडेल लगाएत निर्माण व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

उक्त भवन यथासिघ्र छिटो उपलव्ध गराउनमा सहयोग गर्नेहुने डिल्लीराम लुईँलेट र आर्थिक सहयोग गर्ने शिक्षा विकाश तथा समन्वय इकाई काठमाडौँ प्रति विद्यालय परिवारले आभार प्रकट गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय