सभामुख घिमिरे : ‘परिवर्तित  शिक्षा ऐन ल्याउन प्रत्येक सरकार प्रयासरत छन्

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन ल्याउन आवश्यक रहेको बताएका छन् । बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले संसद चालु रहेकाले सरकारले छिटो संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए ।

‘स्वदेशमा कसरी व्यवहारिक ढंगबाट प्राविधिक शिक्षाहरु अध्ययन गर्न सकिन्छ भन्नेकुरा यस मेलाले बुझाउँछ । नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेका छन्’ उनले भने– ‘परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोशिस गरेका छन् । तर सफल हुन सकेका छैनन् । यी ऐन ल्याउन चुनौति जस्तो देखिएको छ ।

ऐन ल्याउन अहिले संसद चलिरहेको छ, छिटो ढंगबाट आउन सकोस् ।’ सभामुखले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गरे । बिहीवारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला शुरु भएको हो ।

एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । असार ३ गते आईतवारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय