मुद्धा मन्त्रीपरिषदको निर्णयले फिर्ता लिएपछि न्यायको माग गर्दै प्रदर्शन

काठमाडौं । अदालतमा बिचराधिन रहेको ज्यानमार्ने उधोग सम्बन्धि मुद्धा मन्त्रीपरिषदको निर्णयले फिर्ता लिएपछि न्यायको माग गर्दै प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउँ गरी केही बेरमा रिहा गरेको छ ।

३० जेठमा अदालतमा बिचराधिन रहेको ज्यानमार्ने उद्योग सम्बन्धि मुद्धा मन्त्रीपरिषदको निर्णयले फिर्ता लिएकोले पिडित प्रेम बहादुर चलाउनेको न्यायको निमित्त काठमाडौं जिल्ला अदालत परिसरमा बिरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार बिभाग सदस्य कृतु भण्डारी सहित विवेकशिल साझाका केन्द्रीय सदस्य धनेज थापा, डा.सचिन घिमिरे, रविना श्रेष्ठ, यादब सिंह र नवीन कोईरालालाई जिल्ला अदालत परिसरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

उपप्राध्यापक प्रेमबहादुर चलाउने अहिले अनसनमा बसिरहेका छन् । उनी जेष्ठ ३० गते अदालतमा बिचराधिन रहेको ज्यानमार्ने उद्योग सम्बन्धि मुद्धा मन्त्रीपरिसदको निर्णयले फिर्ता लिएकोमा आपत्ति जनाउँदै अनसनमा बसेका हुन । उनको मागप्रगि एक्यवद्धता जनाउँदा प्रहरीले जिल्ला अदालत परिसरबाट पक्राउँ गरी केही बेरमा रिहा गरेको हो ।

मन्त्रीपरिषद्को बैठकले बिचारराधिन मुद्धाका आरोपीहरुको मुद्धा फिर्ता लिने निर्णय गरेपछि उपप्राध्यापक चलाउनेले आफूलाई अन्याय भएको भन्दै न्याम मागिरहेका छन् । उनलाई समर्थन गर्न गएका भण्डारीको टोलीलाई हिजो पनि काठमाडौ जिल्ला अदालत परिसरबाट गिरफ्ता गरि चार घण्टापछि रिहा गरेको थियो । आफूहरुलाई आज पनि गिरफ्तारपछि प्रहरीले रिहा गरेको भण्डारीले बताईन् ।

२०७७ असोज २० गते त्रिभुवन विश्वविद्याय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउने माथि नेविसंघका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय