३ वर्षपछि नेपालबाट कैलाश मानसरोवर यात्रा खुला

काठमाडौं । कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला भएको छ ।

पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ ।

अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि सेप्टेम्बरसम्म हो ।

भारतीय पर्यटकका लागि भने नेपालको बाटो हुँदै मानसरोवर यात्रा अझै खुला नभएको टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले जानकारी दिए । चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ ।

विगतमा सामूहिक भिसा दिने गरेकोमा यस पटकदेखि एक पटकमा कम्तीमा ४ जनासम्मले वायोमेट्रिक समेत दिनुपर्ने गरी भिसा नीति चीनले लिएको छ । सोहीकारण पूर्वी वा पश्चिम नेपालबाट मानसरोवर जान चाहने नेपाली भिसा प्रक्रिया पुरा नभएसम्म काठमाडौंमै रहनु पर्ने भएको छ ।

विगतमा नेपालबाट भारतीय नागरिकले चीन प्रवेशको अनुमति पाउने गर्थे । अहिले भने गैरआवासीय भारतीय बाहेक भारतीय पासपोर्ट हुनेहरुले कैलाश मानसरोवर यात्रामा जान अनुमति पाउँदैनन् ।

पछिल्लो तीन वर्षदेखि यात्राको योजना बनाएर पनि जान नपाएका नेपाली तीर्थालुले भने अब मानसरोवर यात्रामा जान सक्ने सापकोटाले जानकारी दिए ।

अहिले हुम्लाको हिल्सा र रसुवागढी नाकाबाट मानसरोवर यात्रा खुला भएको छ । गत वैशाखदेखि हुम्लाको हिल्सा नाका दुईतर्फी खुला गरिएको छ । अब यो नाकाबाट मानिस र कार्गो दुवैका लागि खुला भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय