सांसद केसी: चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गरिहालौँ

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताएका हुन् ।

सांसद केसीले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताए । उनले पछिल्लो समयको भ्रष्टाचार काण्डहरुको भने छानबिन गरिहाल्नुपर्ने बताए ।

उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताए ।
सांसद केसीले नयाँ पार्टीहरु पनि शक्तिकेन्द्र र वृद्धतन्त्रभित्र फस्छन् कि भन्ने आशंका व्यक्त गरे । उनले भ्रष्टाचारलाई संरक्षण गर्ने दल वा सरकार आगामी निर्वाचनमा बढारिने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय