सर्वोच्च अदालतद्धारा रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग दाबीसहित परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउन र सपना प्रधान मल्लको इजलासले दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदन खारेज गरेको हो ।

युवराज सफलले लामिछाने दोस्रोपटक समेत सांसद हुन अयोग्य भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उनले अमेरिकी नागरिकता त्यागेको ३ महिना नवित्दै फेरि सांसद बनेकाले पद खारेज हुनुपर्ने दावी गरेका थिए ।

पहिलोपटक सांसद पद खारेज भएपछि रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिई फेरि प्रतिस्पर्धा गरेर सांसद भएका थिए ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय