मधेश विश्वविद्यालय वीरगञ्जको रणनीतिक योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाम । मधेश विश्वविद्यालय वीरगञ्जको रणनीतिक योजना तर्जुमा सम्बन्धि वृहत अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । समारोहमा वक्ताहरुले विश्वविद्यालयलाई क्याम्पस जस्तो नबनाउन सल्लाह दिएका छन् । आवश्यकता भए मात्रै खोल्न सुझाव दिदै वक्ताहरुले कार्यकर्ता पाल्नका लागि विश्वविद्यालय खोलियो भने शिक्षा पनि धारासायी हुने चेतावनी दिएका छन् ।

मधेश प्रदेशमा अहिले ३ वटा विश्वविद्यालय स्थापना भएको छ । संघिय सरकार अन्तर्गत राजर्षि जनक विश्वविद्यालय जनकपुरधाममा, प्रदेश सरकार अन्तर्गत मधेश विश्वविद्यालय वीरगञ्ज र कृषि विश्वविद्यालय राजविराजमा खोलिएको छ ।

हामीलाई कस्तो जनशक्ति चाहियो त्यो उत्पादनमा नयाँ खोलएका विश्वविद्यालयहरुलाई जोड दिनुपर्ने उहाँहरुको सुझाव थियो । मोडेल मल्टिपल क्याम्पसका संस्थापक वीरेन्द्र साहले कति यस्ता विषय छन् जसको शिक्षक भेटाइ रहेको छैन विश्वविद्यालयलाई यो सोच्ने सम्म फुर्सद रहेको वताए । उनले भने विश्वविद्यालयलाई जातीयकरण हुनवाट जोगाउनु पर्छ ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. सुरेन्द्र लाभले जबसम्म विश्वविद्यालयलाई बढाउन जिम्मेवारी तोकिदैन तबसम्म विकासको परिकल्पना गर्न नसक्ने वताए ।

मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपकबहादुर शाक्यले विश्वविद्यालयका लागि पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका २ मा रहेको सार्वजनिक जग्गा ३५ विग्हा र सोही जिल्लाको पकाहाँ मैनपुरमा रहेको सुरजाहा कटुटी मठको २७ विग्हा जग्गा लिएर काज अगाडी बढाइ सकेको जानकारी दिए ।

समारोहमा शिक्षा तथा समाज कल्याण मन्त्री महेशराय यादव, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. भोगेन्द्र झा लगायतले बोलेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय