संसदभित्र पस्ने बित्तिकै सभामुखको यत्रो फोटो छ, हाम्रो त छैन : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएकी छन् । ६५ औँ संसद दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले फोटोबारे टिप्पणी गरेकी हुन् ।

उनले आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् । उनले संसदमा उपभासमुखलाई हेपाहा प्रवृत्ति देखाएको आरोप लगाइन् ।

‘अस्ति म सिंगापुर गएको थिएँ, डब्ल्युटिओको कन्फ्रेन्समा, त्यहाँ पाल्र्यामेण्ट भिजिट गर्ने मौका पाएको थिएँ, त्यहाँ पहिलाका सभामुख ज्युले कस्तो टोपी लगाउनु हुन्थ्यो ?, कस्तो लुगा लगाउनु हुन्थ्यो ? अहिलेका सभामुखज्युले कस्तो लगाउनु हुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नु भएको छ अभिलेखका रुपमा,’ उनले भनिन्, ‘हामीमा खै त त्यस्तो ? संसदभित्र पस्ने बित्तिकै सम्माननीय सभामुख ज्युको यत्रो फोटो राख्नु भएको छ, हाम्रो त छैन, उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ ।’

उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताएकी थिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय