फिल्म हल र क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । मंगलबार  १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो ।

महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनुपर्नेछ ।’

पत्रअनुसार डिजिटल प्रणाली महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ ।

बागमती प्रदेश सरकारले मनोरञ्जन कर चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थिएटर,नाटकघर, फनपार्क, वाटर गार्डेन, लगायत मनोरञ्जन स्थलमा लगाउने कानुनी व्यवस्था गरेको छ ।

उक्त व्यवस्था बमोजिम चलचित्र घरमा प्रवेश गर्ने प्रति टिकटमा महानगरमा ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्नेछ ।

यस्तै क्यासिनोमा प्रवेश गर्ने प्रतिव्यक्तिबाट ५० रुपैयाँ मनोरञ्जन कर छुट्याउनुपर्नेछ ।

बाल उद्यान, दोहोरी साँझ, डान्सबार, क्यासिनो, फुट्सल, जुम्बा, नाइट क्लब, मसाज एवम् स्पा, जिपलाइन, बन्जिजम्प, स्वीमिङ पुल र पार्क फनपार्क, वाटर गार्डेन, बाल उद्यान जस्ता स्थानमा ३ प्रतिशत, दोहोरी साँझ, नाइट क्लब लगायतमा प्रवेश गर्ने टिकटमा ५ प्रतिशत मनोरञ्जन कर महानगरमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय