रेखा थापा र पूजा शर्माको नयाँ फिल्म ‘उपहार’भदौ देखि छायांकन हुदैँ

काठमाडौं । रेखा थापाले निर्माण गर्न लागेको आगामी फिल्मको नाम ‘उपहार’ तय भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै रेखा फिल्म्सले फिल्मबारे औपचारिक जानकारी गराएको हो ।

यो लभस्टोरी र सोसल ड्रामालाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।

बोर्डमा दर्ता भएको विवरणअनुसार रेखा फिल्म्स र कपनगढी ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

बोर्डमा कलाकारको नाम रेखा थापा, पूजा शर्मा र सुलभ प्रतीक देउजा राखिएको छ । निर्देशक देउजाले अन्य कलाकार तय हुन बाँकी रहेको बताए ।
डेढ करोड रुपैयाँ बजेट बताइएको यो फिल्म बोर्डमा १२४४ नम्बरमा दर्ता भएको छ ।

निर्माताको नाम पनि रेखा थापा र ज्ञानेन्द्र देउजा राखिएको छ । भदौ पहिलो सातादेखि छायांकन सुरु हुने जनाइएको फिल्मको पटकथा अभिमन्यू निरवीले लेखेका हुन् । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय