ट्राफिक नियम उल्लङ्घनको संख्या बढ्दै,२ हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन दिन प्रति दिन बढ्दै गएको छ ।

उक्त उल्लङ्घनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका हुन् ।

जसअनुसार मापसेमा ६९, लेन उल्लङ्घनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन् ।
साथै नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय