टिपरको ठक्करबाट आमा छोरीको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका ८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो ।

मंगलबार करिब पोने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो ।
स्थानीयवासीले टिपर तोडफोड गरेका थिए । झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते  भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय