अभिनेत्री कृति सेनन निर्माता बन्ने

बलिउड अभिनेत्री कृति सेनन निर्माता बन्ने भएकी छन्। उनले फिल्म निर्माण कम्पनी ब्लू बटरफ्लाई फिल्म्स प्रोडक्सन खोलेकी छन्। उक्त जानकारी उनले इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै दिएकी हुन्।

उनको निर्माणमा बन्ने पहिलो फिल्म दो पत्तीु नेटफ्लिक्समा प्रदर्शन हुनेछ।

अब गियर परिवर्तन गर्ने समय आइसक्यो। मैले जादूमय इन्डस्ट्रीमा ९ वर्षदेखि आफ्नो सपना पुरा गरिरहेकी छु। मैले सानो-सानो पाइला चाले, आफूलाई परिपक्क बनाउँदै गएँ र धेरै कुराहरू सिकेर म एक अभिनेत्री बनेँ।

फिल्ममा कृतिसँगै काजोल, मोनिका, कनिका ढिल्लोको मुख्य भूमिका रहनेछ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय