‘द कपिल शर्मा शो’मा नवजोत सिंह सिद्धूको पुनरागमन निश्चित

काठमाडौं । भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा नवजोत सिंह सिद्धूको पुनरागमन निश्चित भएको जनाईएको छ । सार्वजनिक एक नयाँ प्रोमोमा सिद्धूसहितका केही कलाकार देखिने जनाइएको छ ।

सिद्धूसँगै रेणुका शहाणे, मिनी माथुर, परिजाद कोलाह र ऋचा अनिरुद्धले समेत स्टेज सेयर गर्ने भएका छन् ।

सिद्धूको ट्रेडमार्क संवाद ‘ठोको ताली’ भन्दै ढोकातिर हेरेर कपिलले यस्तो ईशारा गर्दा अर्चना चिढिएकी थिइन् । प्रोमोमा कपिलले शोका कलाकार कृष्णा अभिषेकलाई शोबाट विश्राम लिन लागेको भन्दै जिस्काएका पनि छन् ।

रेणुकाले तौल घटाएकोमा उनको प्रशंसा गर्दा कृष्णाले भने कि आफू ब्रेकमा रहेको बताए । ‘दोस्रो च्यानलले राम्रो पारिश्रमिक दिंदैनन् भने किन छोड्नु’ भनेर कृष्णाले कपिललाई जवाफ समेत दिएका छन् ।

टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा कृष्णाले आफू फर्केर पाउँदा खुसी भएको बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय