साउनदेखि सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य

काठमाडौं । १ साउन २०८० देखि उपभेक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने भएको छ ।

आर्थिक ऐन २०८० ले यस्तो प्रावधान गरेको थियो । यस प्रावधानलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय, भन्सार विभागले सबै पैठारीकर्ता र बजार वितरकलाई सूचित गरेको छ ।

विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार बजारमा आउने हरेक वस्तुको उत्पादन भएको मुलुक र यसको वितरणकर्ताबारे उपभोक्तालाई जानकारी होस् भन्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट यस्तो लेबल अनिवार्य गरिएको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय