सांसदले पोर्न हेरेको विषयलाई लिएर हंगामा

काठमाडौं । भारतको त्रिपुरा विधानसभामा बजेट सत्रको पहिलो बैठकमा विपक्षी विधायले सदन सुरु हुना साथ बीजेपी विधायक जादबलाल नाथेल गत सत्रमा पोर्न भिडियो हेरेको विषयलाई उठाए ।

विपक्षी दलका नेता अनिमेषा देबबर्माले बीजेपी विधायक नाथलाई कारबाहीको माग गर्दै आफूले राखेको प्रस्तावको स्थितिबारे जानकारी मागे ।

उनले यही मुद्दालाई लिएर स्थगनको प्रस्ताव ल्याउन चाहेका थिए । तर विधानसभा अध्यक्ष विश्वबन्धु सेनले उनलाई प्रस्ताव ल्याउन समय दिएनन् ।

त्यसपछि संसदमा हंगामा सुरु भयो । बीजेपी विधायक नाथमाथि कारबाहीको माग गर्दै विपक्षीले नाराबाजी गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय