ललित धिमाललाई अन्तर्राष्ट्रिय शारीरिक प्रतियोगितामा स्वर्ण

काठमाडौं । माल्दिभ्सको मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ के.जी. तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

उक्त प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथो तथा पाँचौं भएका थिए भने अफगानिस्तानका खेलाडी तेस्रो भए ।असार २४ गतेसम्ममा हुने प्रतियोगितामा भोलि शनिबार उनले ओभरअल च्याम्पियन मि.दक्षिण एशियाको उपाधिको लागि फेरि प्रतिस्पर्धा गर्नेछन् ।

उपाध्यक्ष वकिल मान तुलाधर उदासको नेतृत्वमा ३ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय