योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ चीन प्रस्थान

काठमाडौं । डा.मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  चीनको बेइजिङमा हुने पहिलो उच्च स्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन  शनिबार चीन प्रस्थान गरेका हुन् ।
उक्त फोरममा विभिन्न २० देशका मन्त्री स्तरीय प्रतिनिधिहरु सहभागी हुँदैछन् । कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी)र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाहरुको समेत सहभागिता हुनेछ ।

फोरममा सहभागीता मुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्वोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय