मुग्लिन नारायणगढ सडक अवरुद्ध

चितवन । सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै  दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय