५६ वर्षीय अभिनेत्री सलमा हायकको वोल्ड विकिनी तस्वीर समाजिक सञ्जालमा भाईरल

काठमाडौं । हलिउड अभिनेत्री सलमा हायकको बोल्ड बिकिनी तस्वीरले यतिबेला समाजिक सञ्जालमा भाईरल बनेको छ ।

राष्ट्रिय बिकिनी दिवसको छेकोमा उनले सार्वजनिक गरेको यो तस्वीरले फ्यान चकित छन् । ५६ वर्षको उमेरमा पनि उनी बिकिनी सहितको तस्वीरमा बोल्ड एण्ड सेक्सी देखिएकी छन् ।

उनले हालै इन्स्टाग्राममा आफ्नो एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनी स्विमिङ पुलमा देखिएकी छिन् । उनको यो अवतार देखेर फ्यान पनि छक्क छन् । अभिनेत्रीको सौन्दर्य आज पनि उस्तै रहेको फ्यानको भनाइ छ । उमेरलाई माथ दिएको चर्चा फ्यानले गरेका छन् । यो भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ ।

क्याप्सनमा लेखेकी छन्, ‘मलाई विश्वास लाग्दैन, २५ मिलियन फलोअर्स १ तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद ।

तपाईहरु सबैले मेरो बिकिनी तस्विररु लाई धेरै माया गर्नुहुन्छ भन्ने लागेको छ ।

मलाई व्यायाम गर्न मन लाग्दैन, तर मलाई पानीमा नाच्दै राम्रो समय मनाउन मन पर्छ । म साँच्चै प्रेरित छु र तपाईंको सबै माया र समर्थनको लागि आभारी छु ।’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय