सातौँ प्रधानमन्त्री कप भलिबल सुरु, उप–प्रधानमन्त्री श्रेष्ठद्वारा उद्घाटन

काठमाडौँ । नेपाल भलिबल संघको आयोजनमा राजधानीमा  सातौँ प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।

लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाबीच लिगको उद्घाटन गरे । श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उप–प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले हालका प्रधानमन्त्रीको कार्यकालमा भएको भलिबललाई राष्ट्रिय खेलको रूपमा गरेको घोषणालाई खेलाडी तथा नेपाल भलिबल संघले औचित्य पुष्टि गर्दै राष्ट्रिय गौरवमा अभिवृद्धि गरेको बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भलिबलको विकास र विस्तार गर्न संघले गरेको कार्य प्रशंसनीय रहेको भन्दै सरकारले युवा तथा खेलकुदलाई महत्त्व दिँदै आएको उनको भनाई । पछिल्लो समय खेलकुद क्षेत्रले राज्यको शिर उच्च पार्ने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद्, खेलाडी तथा राष्ट्रिय संघहरुलाई धन्यवाद प्रदान गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय