सगरमाथा आरोहणको मापदण्ड कानूनमै व्यवस्था गर्न सांसद सोनाम ग्याल्जेनको माग

काठमाडौँ  । सगरमाथा आरोहण गर्ने मापदण्ड कानूनमै व्यवस्था गर्न सांसद सोनाम ग्याल्जेन शेर्पाले माग गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसद शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानूनमै व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरूलाई पनि सगरमाथा आरोहण गरेको मान्यता दिने गरेकोप्रति आपत्ति समेत जनाएका उनले सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने बताए ।

पर्यटकहरूकै कारण हिमाली क्षेत्रमा बढेको वातावरण प्रदूषणलाई रोक्नुपर्ने भन्दै उनले पर्यटनले विकास मात्रै नभई विध्वंस पनि निम्त्याउन सक्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय