खुकुलो मौद्रिक नीति आउने बित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक पर्ने बताएका छन् । उनले खुकुलो मौद्रिक नीति आउने बित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने समेत बताए ।

आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक कार्यक्रममा बोल्दै मन्त्री डा। महतले भने, ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं । अब आउने मौद्रिक नीतिमा मार्जिनली पोलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष भएको भन्दै उनले यसको सञ्चालन गर्न राष्ट्र बैंकलाई जिम्मा दिइएको बताए । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको भन्दै अर्थमन्त्री महतले कतिपय अवस्थामा कार्यान्वयन भएको र कतिपय अवस्थामा हुन बाकी रहेको उल्लेख गरे ।

राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको मन्त्री डा.महतको भनाइ छ ।

व्याजदर महत्वपूर्ण पक्ष भएको भन्दै उनले कति ब्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको बताए । मन्त्री महतले भने, ‘ऋण लिनेहरुले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ ।

पूँजीगत खर्च चाहेजति विनियोजन गर्न नसकिएको र विनियोजन भएको बजेट समेत पुरै खर्च गर्न नसकिएको भन्दै उनले खर्च बढाउन सके उत्पादन पनि बढ्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय