इमर्जिङ टिम्स कपको लागि क्यानले सोमबार नेपाली टोलीलाई बिदाइ गर्दै

काठमाडौं । श्रीलंकामा हुने यही जुलाई १३ देखि २३ सम्म  एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि पवन सर्राफलाई नेपालि टोलीमा समावेश गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान सपन सर्राफलाई टिममा राखिएको जनाएको छ ।

क्यानले आरिफ शेखको स्थानमा पवनलाई टिममा राखिएको जनाएको छ ।

आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिए ।

यसअघि नै क्यानले अनुभवी खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिँदा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी-२० क्यानडा लिग खेल्न जाने भएकोले टिममा राखिएको छैन ।

इमर्जिङ टिम्स कपको लागि क्यानले सोमबारै नेपाली टोलीलाई बिदाइ गर्दैछ ।

आउने बिहीबारदेखि हुने इमर्जिङ कपमा नेपाल समूह बी मा छ । यस समूहमा भारत र पाकिस्तानको ए टिमसँगै यूएई पनि छ ।

नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय