३ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ । सोमबार सेयर बजार  ओरालो लागेको छ । नेप्से परिसूचक सामान्य प्रभावित हुँदा कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ०.८० विन्दुले घटेर २०७६.९६ विन्दुमा पुगेको छ ।

सोमबार ३ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा असार मसान्तको प्रभाव भने विस्तारै कम हुँदै गएको छ । मसान्तमा तिर्नुपर्ने साँवा–ब्याजको लगानीकर्ताले जोहो गरिसकेको बजारले संकेत गरिरहेको छ ।

यस दिन २९३ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

३३ करोड रुपैयाँभन्दा बढी सहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र प्राइम बैंकको संस्थापक सेयर परेका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय