नेपाल विद्यापति मैथिली पुरस्कार कोषद्धारा  दुई लाख नगद सहित पाँचजना स्रष्टा सम्मानित

जनकपुरधाम । मैथिली भाषा साहित्य सहितका विभिन्न विद्यामा विशिष्ट योगदान दिएका  पाँचजना स्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार कोषले  पुरस्कृत गरिएको छ ।

दुई लाख नगद सम्मानपत्र सहितको भाषा साहित्य पुरस्कार मैथिलीका वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिइएको छ । चौधरीको मैथिली भाषामा आधा दर्जन भन्दा बढी पुस्तक प्रकाशित रहेको छ ।

यसैगरी एक लाख नगद सहित नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार रमेश कुमार यादवलाई प्रदान गरिइएको छ । यसै गरि १ लाख रकमको पाण्डुलिपि पुरस्कार महेन्द्र कुमार मिश्रलाई प्रदान गरिइएको छ ।

यसैगरि १ लाख धन राशिको कला संस्कृति पुरस्कार गायक डा. आभाष लाभ र अभिनेता वैद्यनाथ पटेललाई प्रदान गरेको छ । दुवै जनालाई ५०–५० हजारको दरले रकम प्रदान गरिइएको छ । सबै पुरस्कारमा सम्मानपत्र तथा दोसल्ला रहेको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै संघिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महाकवि विद्यापति मैथिली साहित्यको क्षेत्रमा गर्नु भएको योगदान चीरकाल पर्यन्त स्मरणीय रहने बताए ।

विद्यापतिको रचनाहरूले नेपाल भारत बीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै तराई मधेश तथा पहाडलाई जोड्ने काम गरेको बताउँदै महाकवि हामी नेपालीका महाकवि पनि रहेको बताए ।

मल्ल कालमा काठमाडौँ उपत्यकामा मैथिली भाषाको सर्वाधिक प्रभाव भएको बताउँदै मल्ल राजाहरूले कैयन लोकप्रिय मैथिलीका नाटकहरूको रचना तथा प्रदर्शन गराउने गरेको  बताए । उनले विद्यापतिको जन्म तत्कालीन मिथिला क्षेत्रमा भएको बताउँदै अहिले उक्त क्षेत्र भारतमा परेपनि मिथिलाको धेरै क्षेत्र नेपालमा पनि रहेकाले नेपालका महाकवि भएको बताए ।

मन्त्री किरातिले विद्यापतिका कतिपय पाण्डुलिपिहरू अहिले नेपालको राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेको बताए ।

मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले विद्यापतिका रचनाहरू अहिले मिथिलामा मान्छेको जन्म देखि मृत्युसम्म प्रयोग हुने गरेकाले उहाँ महाकविका साथै जनकवि भएको बताए ।

उनले मैथिली भाषाको विकासका लागि घर घरमा विद्यापतिको जन्म हुन आवश्यक भएको बताए ।

नेपाल विद्यापति मैथिली पुरस्कार कोषका अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषका सदस्य सचिव ध्रुव कुमार मण्डल र सदस्य सुधा कर्णले बोल्नु भएको थियो । पुरस्कारहरू २०७९ सालको रहेको छ भने उक्त वर्ष अनुसन्धान तर्फ कसैलाई पनि पुरस्कार छनौट समितिले पुरस्कृत गरेको छैन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय