अनमोल केसीले २०८० सालभित्र  कुनै फिल्म रिलिज नगर्ने

काठमाडौं । अभिनेता अनमोल केसीले २०८० सालभित्र आफूले काम गर्ने कुनै फिल्म पनि रिलिज नगर्ने बताएका छन् । उनले २०८१ सालमा मात्र आफू अभिनित फिल्म दर्शकमाझ प्रदर्शन हुने जानकारी दिए ।

अर्को वर्ष मात्र फिल्म रिलिजको तयारी छ । दर्शकले २०८१ मा मात्र मेरा फिल्म हेर्न पाउनुहुनेछ ।’ होम प्रोडक्सन सुपर काजल्सको फिल्म, जेरी अनटप, रोहित अधिकारीले निर्माण गर्ने फिल्म र सुदर्शन थापाको प्रोजेक्ट आफ्नो पाइपलाइनमा रहेको उनले जानकारी दिएका छन् ।

फ्यानले सामाजिक सञ्जालमार्फत अनमोलको फिल्मको प्रतीक्षा गरिरहेको जनाएका छन् । अनमोलको होम प्रोडक्सन फिल्म भदौदेखि सुटिङ हुने बताइए पनि यसबारे पनि विकास भइसकेको छैन ।

भुवन केसीले भदौदेखि नै छायांकन हुने बताइरहेका छन् । यस्तोमा पाइपलाइनमा टन्नै फिल्म रहे पनि कुन पहिले फ्लोरमा जान्छ भन्ने कुरा यकिन छैन जसलाई अनमोल स्वयंले पुष्टि गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय