नेपालको पुलिसिङ बुझाउने पुस्तक सार्वजनिक

काठमाडौं । नेपालको पुलिसिङ शैलीमाथि लेखिएको पुस्तक ‘इनह्यान्सिङ पुलिसिङ इन नेपाल’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

उपत्यका अअपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख डा.मनोज केसीले लेखेको पुस्तक शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्मा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सेन्टर अफ पिस एण्ड कन्फिल्क्ट स्टडिजका अध्यक्ष डा.एमममा लेस्लीले विमोचन गरे ।

समारोहमा बोल्दै नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले डा। केसीले लेखेको पुस्तक सम्भवतः नेपालको पुलिसिङ शैलीमाथि लेखिएको पहिलो पुस्तक भएको बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय