अन्तर्राष्ट्रिय विमानस्थलबाट पुन:अवैध सुन बरामद,भारतीय नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले बिहीबार  पुन:अवैध सुन बरामद गरेको छ।

अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई  दिउँसो पक्रेको हो।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय