निर्माण हुन बाँकी कानुन छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन् ।

आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग भएको बैठका उनले अघि बढेर पनि मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे चासो व्यक्त गरेका हुन् ।

यसअघि पनि उनले सार्वजनिक रुपमै कानुन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि पोखेका थिए । आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले लम्पी स्किन तथा डेंगीलगायतका संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने गरी सम्बन्धित निकायसँग समन्वय गर्न पनि भनेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय