सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्मा पौडेल सिफारिस

काठमाडौं । न्यायपरिषदले विनोद शर्मा पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । गतवर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो ।

त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर आइतबार बसेको न्यायपरिषद बैठकले उनलाई पुनस् न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

‘आज न्यायपरिषदको बैठक थियो, परिसदले उहाँको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो’, कार्कीले भने, ‘अब उहाँको नाम संसदिय सुनुवाइ समितिमा पठाइनेछ ।’

गतवर्ष सर्वोच्च अदालतमा सिफारिस भएदेखि नै शर्मा सर्वोच्च अदालतमै काजमा छन् । उनको सिफारिसबारे निर्णय हुन नसकेपछि पुराना मुद्दा टुंग्याउने काममा संलग्न थिए । सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरमा कामू मुख्य न्यायाधीश थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय