सुब्बा र खरदारलाई सहसचिवसम्मै खुला प्रतिस्पर्धा गर्न दिन कर्मचारीको माग

काठमाडौं । राजपत्र अनंकित कर्मचारीले संघीय निजामती सेवा ऐनमा उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सरकारसँग एघारौं तह (सहसचिव वा सो सरह) र नवौं तह (उपसचिव वा सो सरह) श्रेणीको खुलामा प्रतिस्पर्धा गर्न तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका राजपत्र अनकंकित कर्मचारी योग्य हुने व्यवस्था गर्न माग गरेको हो ।

उनीहरुको माग अनुसार  ऐन बनेमा खरदार र नायब सुब्बाले समेत खुलातर्फ उपसचिव र सहचिवमा प्रतिस्पर्धाको अवसर पाउनेछन् । हाल राजपत्रांकित अधिकृतहरुले मात्रै यस्तो सुविधा पाउँछन् ।

अग्रपंक्ति र जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने सबैभन्दा ठूलो संख्यामा रहेका राजपत्र अनंकित कर्मचारीलाई बेवास्ता गरेर ऐन नबनाउन अभियानले माग गरेको छ । अभियानले संघ, प्रदेश र स्थानीय तहका सबै पदमा स्वचालित तहवृद्धि सहितको तहगत प्रणाली लागु गर्न पनि माग गरेको छ । यसअनुसार ५ वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्ष भन्दाबढी सेवा अवाधि भएका कर्मचारीलाई दुई तह वृद्धिको व्यवस्था गर्न पनि माग गरिएको छ ।

चौंथो, छैटौं, नबौं र एघारौ तहलाई निजामती सेवाको प्रवेश बिन्दु बनाउन पनि उनीहरुको माग छ । संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवाको छैटौं तहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा, १० प्रतिशत आन्तरिक ÷अन्तरतह प्रतिस्पर्धाको व्यवस्था गर्न पनि अभियानले सरकारको ध्यानाकर्षण जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय